२७ श्रावण २०८३, बुधबार | August 12, 2026

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा शरद्याममा पनि पर्यटक



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद्याममा पनि पर्यटक जान थालेका छन् ।

नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको शरद्याममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।

अन्नपुर्ण-४ का वडा सदस्य श्याम पुर्जाले शरद्याममा हिमाल आरोहणका लागि विदेशी पर्यटक नआए पनि देशका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकको चहलपहल बढेको जानकारी दिए । “विगतका वर्षमा वसन्त ऋतुमा हिमाल आरोहणका लागि हेलिकोप्टरबाट आउने पर्वतारोहीहरूको चहलपहल हुने अन्नपूर्ण आधार शिविर शरद्याममा सुनसान हुने गर्दथ्यो”, उनले भने, “दशैँपछि मात्रै दुई सय जनाभन्दा बढी आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका छन् ।”

नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ ।

एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘अतुलनीय स्थान’ गन्तव्य घुम्न आएको पोखराका दीपक कार्कीले बताए । पोखरा, बेनी, काठमाडौंलगायतका ठाउँबाट टेन्ट, खाने, बस्ने सामान लिएर आधार शिविर पुग्ने गरेका छन् । स्थानीय युवाहरूले पर्यटकलाई घुमाउन लैजाने गरेका छन् ।

सन १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथमालको आरोहण गरेका थिए । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।

हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु ४० लाखभन्दा बढी लगानी गरेका छन् ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरकी सुम्निमा बरुवालले बताइन । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रूपमा रहेको छ ।

गत जेठ महिनामा म्याग्दीका पत्रकार र जनप्रतिनिधिको टोलीले मौरिस हर्गोज पदमार्ग तथा अन्नपूर्ण आधार शिविरको प्रचार–प्रसारका लागि भ्रमण गरेका थिए । यसैगरी म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अष्टेलियाले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत आयोजना गरेको तस्वीर प्रदर्शनीले पनि अन्नपूर्ण आधार शिविरको प्रचार-प्रसार भएको थियो ।

प्रवर्द्धनात्मक गतिविधिसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटक आगमन बढेको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । आधार शिविरमा खाने-बस्ने सुविधा, सञ्चार, खानेपानीलगायत पूर्वाधारका लागि गाउँपालिकाले जोड दिने अध्यक्ष भारतकुमार पुनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ११ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र