१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

लुम्बिनीबाट प्रधानमन्त्री प्रचण्ड र यूएन महासचिव गुटेरेसले गरे विश्व शान्तिको आह्वान



लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको आह्वान गरेका छन् । मंगलबार लुम्बिनी स्थित मायादेवी मन्दिर दर्शनपछि अशोक स्तम्भ अगाडि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसले विश्वमा शान्ति, करुणा र सदभाव कायम राख्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघको भूमिका महत्वपूर्ण रहेको बताउँदै गुटरेसको भ्रमणले विश्वमा शान्ति, सदभाव समझदारीको सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे । उनले विगतमा पनि संयुक्त राष्ट्र संघका महासचिवहरुको भूमिकाले लुम्बिनीको विकासमा महत्वपूर्ण कामहरु भएको बताउँदै बुद्धजन्मस्थल लुम्बिनीलाई विश्व शान्ति र सदभावको केन्द्र विकास गर्न अन्र्तराष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्र संघ (यूएन) को आर्थिक सहयोगमा केञ्जो टांगेले लुम्बिनी गुरुयोजना तयार पारेपछि नै तीर्थ र पर्यटनको केन्द्रका रुपमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले सन् १९९७ मा यूनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि लुम्बिनीको ऐतिहासिक र साँस्कृतिक महत्व विश्वव्यापी बनेको बताए । उनले आफू संघर्ष र परिवर्तनबाट शान्ति स्थापनाकर्ताको नेतृत्व गर्न पाएको बताउँदै दीगो शान्ति नै अन्तिम उदेश्य रहेको बताए ।

बुद्धबाट शान्ति, सदभाव र करुणा हामीले जन्मजात रुपमा पाएको गुण हो, हामी भगतु सर्व मंगलम् र बसुदैव कुटुम्बकम्मा विश्वास गर्छौ’ प्रधानमन्त्री प्रचण्डले भने । उनले पञ्चशिल सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, विश्व शान्तिको सिद्दान्तलाई परराष्ट्र नीतिलाई निरन्तरता दिएको बताए । प्रधानमन्त्रीले महासचिवका रुपमा गुटरेसले लुम्बिनीबाट शान्ति, सदभाव र एकताको सन्देश विश्वसामू लैजाने प्रतिबद्धताको प्रंशसा गरे । उनले नेपालको हिमाली क्षेत्रमा जलवायू परिवर्तनले पारेको प्रभावबारे अन्नपूर्ण आधार शिविरमा पुगेर महासचिवले राखेर विश्वव्यापी ध्यानआर्कषण गराएकोमा धन्यवाद दिए ।

प्रधानमन्त्रीको समुपस्थितीमा लुम्बिनीको मायादेवी दर्शनपछि आयोजित पत्रकार सम्मेलनमा महासचि गुटरेसले विश्वलाई शान्ति, करुणा र भातृत्व कायम गर्न अपिल गरे । उनले विश्वमा द्धन्द्धका कारण हजारौं सर्वसाधरणको मृत्यू भएके बताउँदै बुद्धको शान्तिको शिक्षा अनुशरण गर्न अपिल गरे । ‘युक्रेन र रुस, गाजा इजरायल सबैतिर द्धन्द्ध चलिरेहको छ, बालक बृद्ध र सर्वसाधरणले ज्यान गुमाइरहेका छन्, मानव अधिकारको हनन भइरहेको छ’ महासचिव गुटरेसले भने –‘बुद्धको शान्ति शिक्षा अनुसार शान्ति महसुस गर्नु र त्यसको परिचालन गर्नु आजको आवश्यकता हो ।’

पत्रकार सम्मेलन अघि प्रधानमन्त्री सहित महासचिव गुटरेसलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले भ्रमणले उत्साही बनाएको बताए । उनले महासचिवको लुम्बिनी भ्रमणले विश्व शान्तिको केन्द्रका रुपमा लुम्बिनीलाई विकास गर्न र सम्पदा संरक्षणामा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उपाध्यक्ष लामाले संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव ऊ थान्तको भ्रमणले बुद्धजन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थलका रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । ‘विगतमा र अहिले यूएन महासचिवको भ्रमणले विश्व शान्ति र सम्पदा संरक्षणको प्रति संयुक्त राष्ट्र संघको प्रतिबद्धता झल्काउँछ’ उपाध्यक्ष डा. लामाले भने ।

यूक्रेस रुस र पछिल्लो पटक इजारायल हमास युद्ध चर्किरहेको बेला यूएन महासचिवले लुम्बिनीबाट विश्व शान्तिको कामना समेत गरे । पोखराबाट भैरहवा विनमानस्थल हुँदै लुम्बिनी आइपुगेका महासचिव गुटरेसलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गरी शान्तिदीप हुँदै मायादेवी मन्दिरको भ्रमण गराइएको थियो । प्रधानमन्त्रीसँगै सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लाी बहादुर चौधरी, राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी, सरकारी उच्च पदस्थ अधिकारीहरुले गुटरेसलाई स्वागत गरेका थिए ।

अन्नपूर्ण बेसक्याम्प पुगेर फर्केका गुटरेस लुम्बिनीमा निर्धारित कार्यतालिका भन्दा करिव २ घन्टा लुम्बिनी आइपुगेका थिए । प्रधानमन्त्री प्रचण्डसँगै गुटरेसले शान्ति दीपबाट पैदल हिँडेर मायादेवी मन्दिरको दर्शन, बुद्धस्मारक मार्कर स्टोनको दर्शन, पुष्करणी पोखरी हुँदै पिपलरुखमुनी स्वागत कार्यक्रम गरिएको थियो । उक्त अवसरमा गुटरेसले दीप प्रज्वलन, भिजिटर बुकमा हस्ताक्षर गरेपछि लुम्बिनी विकास कोषका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीी मायाको चिनो र राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले खादा ओढाएकी थिईन ।

स्वागत कार्यक्रम पछि प्रधानमन्त्रीसँगै गुटरेसले बुद्ध लुम्बिनीमै जन्मिएको अकाट्य प्रमाणका रुपमा रहेको अशोक स्तम्भको निरीक्षण र त्यही अशोक स्तम्भ अगाडि उभिएर पत्रकारहरुसँग आफ्नो धारणा राखेका थिए । शान्तिदीपदेखि मायादेवी मन्दिरसम्म कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले संयुक्त राष्ट्रसंघको भूमिका, गुरुयोजना जस्ता बिषयमा र मायादेवी मन्दिर परिसरमा पुरातात्वविद् बसन्त विडारीले लुम्बिनी महासचिवलाई जानकारी दिएका थिए । साथै गुटरेसले लुम्बिनीमा सालको विरुवा बृक्षारोपण गरेका छन् । कार्यक्रमको सञ्चालन कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले गरेका थिए ।

गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन् । यसअघि संयुक्त राष्ट्रसंघका महासचिवहरु ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए। संयुक्त राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्त्वपूर्ण रूपमा लिइन्छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : ५३ बजे

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठ पक्राउ

पोखरा । पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको

पूर्वराष्ट्रपति यादवद्वारा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक विमोचन

काठमाडौं । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले