५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नवौं धारा नेपालगन्ज म्याराथन मंसिर ९ गते, तयारी अन्तिम चरणमा



नेपालगन्ज । नेपालगन्जमा संचालन हुँदै आएको नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ९ गते शनिबार हुने धारा नेपालगन्ज म्याराथनमा यसवर्ष देखि पुरस्कार राशीमा बृद्धि गरिनुका साथै केही सप्राइज प्याकेजको घोषणा गरिने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ।

क्रियटिभ ह्याण्ड्सले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टीएस ठकुरीले म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै गराइने बताए ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ५ मंसिर २०६३को स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज स्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चौक र कोहलपुर चौराहामा क्रियटिभ ह्याण्ड्सले दीप प्रज्वलन समेत गर्दै आएको छ ।

क्रियटिभ स्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौ धारा नेपालगन्ज म्याराथनका लागि २०६० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला राखिएको ठकुरीले बताए ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश एम्स वाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औ सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गरेको आयोजकको दाबी छ ।

आयोजकका अनुसार यसवर्ष अघिल्लो वर्षमा चार विधा थप गरि विभिन्न १४ वटा विधामा प्रतिस्पर्धा समावेश गरिएको छ । स्कूलस्तरीयमा बाह्य जिल्ला र स्कूलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन ४२.१९५ किमी, महिलातर्फ हाफ म्याराथन २१ किमी, १० किमी पुरुष र महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन ८ देखि १२ वर्ष उमेर समुह, ५ किमी कर्पोरेट रन ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा वाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५ किमी) सञ्चालन गरिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले धारा नेपालगन्ज म्याराथनले खेलजगतमा नयाँ आयाम ल्याएको बताए । उनले नेपालगन्ज म्याराथन प्रदेश खेलकुदको एक सम्पत्ति बनेको उल्लेख गर्दै यस्को प्रवर्धन र विकासको लागि प्रदेशले वार्षीक क्यालेण्डरमा समावेश गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्रदेशले गर्नुपर्ने कार्य नेपालगन्जमा एक संस्थाले गरिरहेको बताउँदै उनले त्यसकालागि म्याराथनका संस्थापक टीएस ठकुरी प्रति उच्च सम्मान प्रकट गरे ।

कार्यक्रममा म्याराथनका मुख्य प्रायोजक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक प्रदिप छाजेड, अर्का प्रायोजक चम्पालाल बोथरा लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १२ : २९ बजे

देवदहमा विभिन्न कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै

लुम्बिनी । २५६८ औं बुद्धजयन्ती देवदहमा सप्ताहव्यापी रुपमा मनाउने निर्णय

महानगरको सार्वजनिक सुनुवाई- डुबानबाट जोगाउन, पार्किङ मिलाइदिन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको