४ भदौ २०८३, बिहिबार | August 21, 2026

नेपालगन्ज १० नाइट रन स्थगित



नेपालगन्ज । यही असोज ३ गते हुने भनिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ । देशको बिषम परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पूर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको नेपालगन्जमा दोस्रो संस्करण गर्न लागिएको थियो । एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले युवाहरुको ऐतिहासिक आन्दोलन तथा बलिदान र लगत्तै भड्किएको हिंसाले भौतिक तथा मानवीय क्षति हुँदा मुलुक शोकमग्न रहेको बेला तत्कालै दौड आयोजना गर्न उपयुक्त नहुने निष्कर्षमा पुगेका जनाए ।

उपयुक्त मितिमा नाइट रन निरन्तरता दिने गरि हाललाई स्थगन गरिएको नेपालगञ्ज १० नाइट रनका संस्थापक ठकुरीले बताए । उनले धावक तथा दौडप्रति रुची भएका तमाम व्यक्तिहरुप्रति पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट क्षमायाचना गरे । ‘सयौँ व्यवसायिक धावकहरुले अनलाइन फर्म भर्नुभएको छ, धेरै ठाउँबाट आयोजना सम्बन्धि जिज्ञासा आइरहेको छ । यस्तो बेला स्थगित गर्नुपर्दा हामी दुःखी छौं ।’ उनले भने ।

एम्सको पूर्णकालीन सदस्यताको मान्यतासँगै यस बर्षदेखि नेपालगन्ज १० नाइट रनको विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो । यसले खेलाडीलाई बेग्लै उत्साह र उर्जा थपेको थियो ।

नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगञ्ज म्याराथनको तयारीमा जुटिसकेको छ । साथै स्थानीय तहमा सरसफाई एवं अन्य काममा पनि धारा नेपालगञ्ज म्याराथनको टिम परिचालन हुनेछ । देशमा दश बर्षे सशस्त्र द्वन्द अन्त्य भएर नयाँ संविधान घोषण गर्ने तयारी रहेकै बेला २०७२ सालमा पुनः मधेस आन्दोलनका नाममा साम्प्रदायिक दंगाको झिल्कोसँगै समाज विभाजित हुने अवस्था आएपछि समुदायलाई एकत्रित बनाउने उद्देश्यले नेपालगन्ज म्याराथन २०७२ मंसिर ५ गते सुरु गरिएको थियो ।

हरेक जात, धर्म, सम्प्रदाय तथा विभिन्न पेशा, व्यवसाय र उमेर समूहलाई एकैपटक एकै थलोमा एउटै भूमिकामा दौडमार्फत ल्याउन सक्ने एक मात्र इभेन्ट सडक दौड भएकाले नै म्याराथन आयोजनाको परिकल्पना गरिएको थियो । कुनै पनि बर्ष नरोकिई ११ बर्षदेखि निरन्तर चलेको धारा नेपालगञ्ज म्याराथन सम्भवतः नेपालको शीर्ष इभेन्ट हो । एम्सको दुई इभेन्ट पूर्णकालीन सदस्य बन्ने नेपालगञ्ज सम्भवतः नेपालको एक मात्र सहर हो ।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ९ : २४ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका