१५ असार २०८३, सोमबार | June 29, 2026

एभरेष्ट म्याराथन एम्समा आवद्ध



काठमाडौं । तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता प्राप्त गरेको छ । एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको हो ।

यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता प्राप्त गरेका थिए । एभरेष्ट म्याराथनले एम्सको सदस्यता लिएकोमा एम्स दुत टीएस ठकुरीले खुशी व्यक्त गरे । ‘नेपालमा एम्सको सदस्य संख्या वृद्धि हुनु नेपालमा रनिङ संस्कृति बढ्दै गएको संकेत हो ।’ एम्स दुत ठकुरीले भने–‘नेपालको समथर तराईमा हुने धारा नेपालगन्ज म्याराथनदेखि संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा हुने एभरेष्ट म्याराथनसम्म विदेशीको चासो बढ्नेछ, र यसले विदेशी पर्यटकको संख्या वृद्धि हुँदै जानेछ ।’

एभरेष्ट म्याराथन हरेक मे महिनाको २९ तारिखमा आयोजना हुने गर्छ । संसारको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक सफल आरोहण गर्ने तेन्जिङ शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीको सम्झनामा यो म्याराथन आयोजना हुने गर्दछ ।

एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डेले एम्ससँगको आवद्धताका लागि एम्स दुत टीएस ठकुरीको योगदान रहेको बताए । ‘एम्ससँग सम्बन्ध बिस्तारका लागि ठकुरीजीको भुमिका छ ।’ पाण्डेले भने–‘यसले थप पर्यटक आगमनमा सघाउनेछ ।’ नेपालगन्ज म्याराथनको अगुवाइमा गत जेठ २१ देखि २४ गतेसम्म काठमाडौं र ललितपुरमा एम्सको बोर्ड बैठक, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स र काठमाडौं २५ किमी हेरिटेज रन आयोजना भएको थियो । इन्टरनेसनल रनिङ कन्फ्रेन्समा विक्रम पाण्डे किनोट स्पिकर थिए । नेपालबाट पाण्डे म्याराथनको प्रादुभाव भएको देश ग्रीसका लागि अवैतनिक दुत हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : ४६ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै