५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मुख भएको प्रधानमन्त्री प्रचण्डको दाबी



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् । बुटवल आम्दा अस्पतालको २५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले गरिब, बिपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० शैया निशुल्क उपलब्ध गराइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले महिलाको स्वास्थ्य प्रती संबेदनशील भइ पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताउँदै सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल शैयाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको बताए ।

उनले सरकारको लगातारको प्रयासले बैंकको ब्यादरसमेत बिस्तारै घटिरहेको जनाउँदै बैंकको ब्याजदरलाई सकेसम्म सिंगल डिजितमा राख्ने गरी प्रयास जारी रहेको बताए ।

उनले मौद्रिक नीति र वित्तीय क्षेत्रको सुधारको काम भइरहेको बताउँदै निराश नहुन ब्यवसायीहरुलाई आग्रह गरे ।मुलुकले भोगिरहेको आर्थिक दबाब कम गर्नका लागि सरकारले विशेष कार्ययोजना ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

आफू प्रधानमन्त्री भएपछि आर्थिक क्षेत्रमा धेरै कुराहरु सुधारउन्मुख भएको दाबी गर्दै उनले अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्नका लागि सरकारले पूरै शक्ति लगाइरहेको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले मुलुकमा रेमिट्यान्स बढेको तथा विदेशी मुद्रा सञ्चितीमा वृद्धि भएको पनि उल्लेख गरे । यसैगरी पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको, राजश्व वृद्धिको ट्रेन्ड देखा पर्दै गएको उनको भनाई छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : ३९ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन