२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

होटल पौवा बुटवलमा हुने सराय नाच प्रदर्शनीको तयारी पूरा



बुटवल । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले होटल पौवाले शुक्रबार बुटवलमा आयोजना गर्ने सराय नाच प्रदर्शनीको तयारी पूरा भएको छ । तिलत्तमा-३ मा अवस्थित होटल पौवाले शुक्रबार साँझ ५:३० बजेदेखि सराय प्रदर्शन गरिने  ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले बताए ।

दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरुमा नाचिने सराय नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरिएको उनले बताए । गुल्मीको पल्लीकोटबाट आएका कलाकारहरुको टोलीले सरायसँगै अन्य साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिने उनले बताए ।

सो अवसरमा सेलरोटी, बटुक, चुकौनी लगायतका टिपिकल नेपाली परिकारको स्टलहरु समेत राखिने योगीकुटी शाखाका व्यवस्थापक निशान खरेलले जानकारी दिए । पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गरे ।

‘नेपालका लागि नेपाली आतिथ्यता’-भन्ने नारासहित होटल पौवाले स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलसहित देशभर १२ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् ।

विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको होटलका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । पर्यटन प्रवर्द्धनमा  देशको कला, संस्कृति, रहनसहन, भेषभुषा, खानपिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गरे ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ५ : ३३ बजे

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय

पाटन । ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा