२ पुस २०८२, बुधबार | December 17, 2025

मुख्यमन्त्री कोहलपुर गोल्डकपः गोर्खा ब्वाइज बुटवल विजयी



नेपालगन्ज । ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको सुरुआतमै मौका पाए पनि गोर्खा ब्वाइजले गोल गर्न सकेन । खेलको ४५औँ मिनेटमा गोर्खा ब्वाइजका शक्ति राईले विजयी गोल गरेका थिए । खेल अवधिभर गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ लाई दबाबमा राखेको थियो । उक्त खेलमा गोर्खा ब्वाइजकै सहदेव केसी म्यान अफ दी म्याच घोषित भए ।

खेल संयोजक रामबहादुर मल्लका अनुसार आज दिउँसो ३ः०० बजे सेमिफाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइजबीच खेल हुनेछ । कोहलपुरस्थित १३ बिघा मैदानमा बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु आठ लाख र उपविजेताले रु चार लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

खेल अवलोकन गर्न अस्थायी प्यारापिट निर्माण गरिएको छ । उक्त प्रतियोगिता यही कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ११ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल