४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्रोत नखुलेको साढे १६ लाखसहित परासीबाट एक जना पक्राउ



परासी । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई बिहीबार दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन् ।

भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए ।

कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ । पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : २१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको