२७ माघ २०८२, मंगलबार | February 11, 2026

आईसिसी टी-२० विश्वकप छनोट प्रतियोगिता : विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाबमा नेपाल

सेमिफाइनलमा यूएईसंग भिडदैं नेपाल



काठमाडौं । आईसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ । त्यसैले दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

जारी प्रतियोगिताको समूह चरणमा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर बिहीबारको भएको खेलमा भने ओमानसँग ५ रनले पराजित भई उपविजेतामा सीमित भएको थियो ।

यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सी आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।

नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप पुग्न सकेको थिएन । नेपाल र यूएईबीच हालसम्म ८ वटा टी-२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : २८ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा