२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भारतको राजधानी दिल्लीमा अत्याधिक प्रदुषण, दुई दिनसम्म विद्यालय बन्द



नयाँदिल्ली। भारतको राजधानी दिल्लीको हावा लगातार प्रदुषित बन्दै गएको छ ।

दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ कि अहिले डाक्टरहरुले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेषगरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरुलाई बढी सजग रहन अपिल गरिएको छ ।

विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक ९एक्यूआई० ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो संख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो संख्या १० बजे सम्म ४२२ मा पुगेको थियो ।

जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्शियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज र भोलि बन्द रहने भएका छन्। यससँगै निर्माणको काममा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : १० बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका