२७ माघ २०८२, मंगलबार | February 11, 2026

युएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा



काठमाडौं । युएईलाई पराजित गर्दै नेपाल सन् २०२४ मा वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल फाइनल प्रवेश गरेसँगै विश्वकपमा छनोट भएको हो ।

जितका लागि युएईको दिएको १३५ रनको मध्यम लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ७ चौका र १ छक्काको मद्धतमा ६६ रनको योगदान गरे । अर्का ओपनर कुशल भुर्तेल भने २ चौका प्रहार गर्दै ११ रन बनाएर क्याचआउट भए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गुल्सान झाले ३ चौकाको मद्धतमा २२ रन बनाए भने कप्तान रोहित पौडेलले ३४ रन जोडे ।

युएईका लागि निलांस केसवानी र बासिल हमिदले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्दले अर्धशतकिय पारी खेले । उनले ५१ बलमा ८ चौका र २ छक्काको मद्धतमा ६४ रन जोडे ।

कप्तान मोहम्मद वसीम र खालिद शाहले उत्कृष्ट सुरुवात गरेका थिए । वसीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे । यता, शाह भने ३ रन बनाउँदै रनआउट हुन पुगे ।

यस्तै, आसिफ खानले १३ रन, अलिशान शराफुले १३ रन, अली नसीरले ४ रन, बासिल हमिदले १ रन, आयान अफजल खानले १ रन, जुनैद सिद्दिकीले ३ रन बनाए ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा दुई विकेट लिए ।

सन्दीप लामिछानेले ४ ओभर खेल्दै १४ रन खर्चेर २ विकेटसहित एक मेडन लिए । कप्तान रोहित पौडेल र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : १२ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा