९ चैत्र २०८२, सोमबार | March 23, 2026

शनिबार एमाले रुपन्देहीको चियापान



बुटवल । देशैभरका जिल्लाहरुमा शुभकामना सहित चियापान आयोजना गर्ने एमाले केन्द्रीय कार्यक्रम अन्तर्गत रुपन्देहीमा भोली शनिबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । नेकपा (एमाले) रुपन्देहीले दशैं, तिहार, छठ तथा नेपाल संवत ११४४ को अवसरमा कात्तिक १८ गते शनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत १५ गते काठमाडोंमा चियापान गरेको एमालेले रुपन्देही जिल्ला कमिटीको आयोजनामा जिल्लामा पहिलोपटक चियापान कार्यक्रमको आयोजना गर्न थालेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

२०५२ सालबाट एकालेका तत्कालिन अध्यक्ष मनमोहन अधिकारीले थालेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई एमाले केन्द्रले निरन्तरता दिँदै आएकोमा यसवर्ष देखि जिल्ला जिल्लामा पनि आयोजना गर्न सुरु गरिउको एमालेले जनाएको छ । एमाले उपाध्यक्ष एवम रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा यस जिल्लामा क्रियाशील सवै पार्टीका नेता, कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायतलाई आमन्त्रण गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

चियापान कार्यक्रम एमालेको लुम्बिनी प्रदेश कार्यालय बुटवल सुख्खानगर परिसरमा दिएँसो १ बजेबाट ५ बजे सम्म हुने अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  २ : ५७ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११