१२ बैशाख २०८३, शनिबार | April 26, 2026

विश्वकप छनोटमा परेका खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट खेलमा बिजयी खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल मार्फत टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाइ ज्ञापन गरेका हुन् ।

उनले पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै खेलाडीहरूको साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

‘टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु।’ उनले लेखेका छन्, ‘साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।’

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : ३९ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा