७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

जलवायु परिवर्तन र विश्व शान्तिका लागि लुम्बिनीबाट सगरमाथा आधार शिविरमा लगियो शान्ति दीप



लुम्बिनी । हिमालयमा परेको जलवायु परिवर्तको असर र शान्तिका लागि विश्वको ध्यान केन्द्रीत गर्नका लागि लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।

शुक्रबार नेपाल पर्वतारोहणा संघले विश्व शान्तिको कामना सहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रीत गर्न शान्तिदीप कालापत्थरमा लगेको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले शान्तिदीपमा दीप प्रज्जवलन गरेर उक्त दीप सगरमाथाको आधार शिविरतर्फ लैजान हस्तान्तरण गरे ।

उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्व सचिव एवं केन्द्रीय कार्य समिति सदस्य दिवस पोखे्रल र सगरमाथा आरोही संघका महासचिव शिव बहादुर सापकोटालाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि लुम्बिनी शान्तिदीपबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर लैजादा सकरात्मक सन्देश प्रवाह हुने बताए । उनले विश्व मानवजगतमा जलवायु परिवर्तनको असरसँगै द्धन्द्ध पनि बढिरहेको अवस्थामा पर्यटन मन्त्रालय अन्तगर्त शान्तिभूमि लुम्बिनीबाट विश्वको अग्लो शिखरमा दीप लैजाने कार्य गर्वको बिषय भएको बताए ।

शान्तिदीपमा दीप प्रज्जवलन गराएपछि उक्त दीपलाई लामा गुरुहरुबाट स्वस्तीशान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो । उक्त दीप कार्तिक १९ गते आइतबार साँझ सम्ममा काठमाडौं प¥याइने र सगरमाथा आधार शिविर कालापत्थर पु¥याइने नेपाल पर्वतारोहण संघले जनाएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असर बारे राष्ट्र संघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलायदी हुने पोखरेलले बताए । वि.स. २०६६ सालमा आयोजना गरिएको कोप–१५ मा सगरमाथा आरोहणले डेनमार्क पुगेर मार्चपास गरेका थिए ।

अन्तर्राष्ट्रिय अल्पाइन संगठनहरू यूटिएए र भिएएको साधारण सभामा संघले ध्यानाकर्षण गर्दै आएतापनि प्रभावकारी प्रतिफल उपलब्ध हुन सकेको छैन । जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रीत गर्न २०६६ साल पौष १९ गते कालापत्थरमा नेपाल सरकारको मन्त्रिपरिषद बैठक बसेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : ०१ बजे

बुटवलमा अत्याधुनिक अस्पतालजन्य फोहर प्रशोधन केन्द्र सञ्चालन (भिडियोसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले अस्पतालजन्य फोहरको वैज्ञानिक व्यवस्थापनका लागि अत्याधुनिक

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्