२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

भीमफेदी इभी दुर्घटना : चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ



हेटौँडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा १० जनाको मृत्यु हुनका साथै छ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । दुर्घटनाका घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक इभी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकबाट करिब ५०० मिटर तल झरेको थियो ।

अन्य मृतकको पहिचान तथा दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८३, बिहिबार  १२ : ०१ बजे

जलवायु परिवर्तनका मुद्दा साझा विषय : परराष्ट्रमन्त्री खनाल

टर्किए । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका मुद्दा साझा विषय

भीमफेदी इभी दुर्घटना : चालकको पहिचान खुल्यो, घाइतेको सङ्ख्या छ

हेटौँडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको

वीरगञ्ज कारागारबाट कैदी फरार

वीरगन्ज । पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका

काठमाडौं उपत्यकामा पनि सुरु भयो छठ पर्वको तयारी सुरु

काठमाडौं । छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार,

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर