२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

नेपालको भूकम्पप्रति सिक्किमका पुर्वमुख्यमन्त्री चाम्लिङद्धारा गहिरो दुःख व्यक्त



काठमाडौं। सिक्कमका पुर्व मुख्यमन्त्री पवन चाम्लिङले नेपालमा गएको भुकम्प प्रति गहिरो चिन्ता प्रकट गरेका छन ।

जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी जनधन माथी भएको क्षति प्रति उनले गहिरो दुःख प्रकटसमेत गरेका छन् ।

‘कर्णाली प्रदेशको जाजरकोट जिल्लामा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १२८ जनाले ज्यान गुमाएका छन् र दिन बित्दै जाँदा विनाशको मात्रा बारे थप जानकारी प्राप्त हुँदै जाँदा यो संख्या अझै बढ्ने देखिएको छ,’ उनले भनेका छन, ‘यस दुःखद घडीमा ज्यान गुमाउनेहरुको चिर शान्तिको कामना गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु। साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

भारतीय हिमालयन क्षेत्र भूकम्पीय क्षेत्र आइभी र भी मा पर्ने, जसले यस क्षेत्रलाई भूकम्पको उच्च जोखिममा रहदैँ आएको उनको भनाई छ । ‘भूकम्पको यो प्राकृतिक घटनालाई हामीले हाम्रा विपद् योजनाहरूमा ध्यान दिनु पर्ने कुरा हो। म प्रभावितहरूप्रति मेरो ऐक्यबद्धता व्यक्त गर्दछु र सरकारले जनतालाई छिट्टै राहत प्रदान गर्न सक्षम हुनेछ भन्ने आशा गर्दछु,’ उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : २७ बजे

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौं । सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

ग्यास सिलिण्डर अनावश्यक भण्डारण नगर्न चितवन प्रशासनको आग्रह

चितवन । जिल्ला प्रशासन कार्यालयले ८०२ व्यक्तिको घरमा खाना पकाउने

के तपाईको इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या

काठमाडौं । तत्काल ऊर्जा र सतर्कता बढाउने दाबी गरिएका इनर्जी

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा