काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि कात्तिक १९ गते बस्ने भएको छ ।
कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्।
बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।



















प्रतिक्रिया