काठमाडौं । सुदूरपश्चिम प्रदेशको डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटना पाँचजना घाइते भएका छन् ।
धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटनामा हिमाली गाउँपालिका-५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।
जीप अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया