१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते



काठमाडौं । सुदूरपश्चिम प्रदेशको डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटना पाँचजना घाइते भएका छन् ।

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप आइतबार बिहान २ः१८ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कविद्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकी आठ महिनाकी छोरी प्रार्थना रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा हिमाली गाउँपालिका-५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल घाइते भएका छन् । घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको जनाइएको छ ।

जीप अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ३१ बजे

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ