४ श्रावण २०८३, सोमबार | July 21, 2026

पौवाको सांस्कृतिक मेनुमा थपियो सरायँ नाच, सरायँमा झुमे बटौलीबासी ( फोटोफिचर)



बुटवल । नेपालका बिभिन्न चाडपर्व र उत्सवहरुलाई ब्यवसायसँगै प्रवर्द्धन गरिरहेको होटल पौवाले् यस अवर्षदेखि ऐतिहासिक सराय नृत्य(खेल)लाई पनि समावेश गरेको छ । साउने सक्रान्ति, माघी, पुस १५, शिवरात्री जस्ता पर्वहरुलाई विशेष उत्सवकारुपमा मनाउने गरेको पौवाले यसवर्ष देखि सरायँ नाच नाचलाई समावेश गरेको हो ।

गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत लगायतका जिल्लाहरुमा दशैंपछि खेलिने सरायँ नाच नाचलाई पौवाको योगकिुटी शाखामा प्रदर्शन गरिएको थियो । गुल्मीको पील्लिकोटबाट आएका कलाकारहरुले प्रस्तुत गरेको सरायँ नाच नाच हेर्न र नाच्न होटल पौवामा ठुलो संख्यामा स्थानीयको जमघट भएको थियो ।

बुटवलमा गुल्मी, पाल्पा, अर्घाखाँची लगातबाट बसाई सरेर आएका स्थानीयले नाच हेरेपछि आफुलाई पुरानै थाकथलोमा रहेको अनुभूति भएको प्रतिक्रिया दिए । गुल्मी छत्रकोट घर भएका थानेश्वर भण्डारीले सरायँ नाचले आफुलाई बाल्यकालको याद दिलाएको बताए ।

सराय हेर्न गुल्मी बलेटक्सारदेखि सहभागी भएका स्थानीय समाजसेवी तोयनारायण ज्ञवालीले होटल पौवाले परम्परा जोगाउन र सांस्कृतिक संरक्षण गर्न योगदान गरेको बताए ।

लुम्बिनी प्रदेशको पहिचानका रूपमा रहेको सरायँ नृत्य बारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ होटल पौवामा प्रदर्शन गरिएको पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड बिष्णु भण्डारीले बताए । दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा लगायतको जिल्लाहरूमा नाचिने सरायँ नाचलाई साँस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सरायँ नाचको प्रारम्भ गरिएको उनले बताए । कार्यक्रममा सरायँसँगै अन्य नेपाली कला र संस्कृतिमा आधारित साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

नेपाली हस्पिटालिटी सहित नेपाली परिकारलाई प्राथमिकतामा राखेर ब्राण्डिङ गर्दै आएको पौवाले सरायँसँगै पाल्पामा प्रसिद्ध चुकाउनी र बटुक, सेलरोटी सहितको परिकार पनि उपस्थित दर्शकहरुलाई उपलब्ध गराएको थियो । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ सुरु गरिएको होटल पौवाको हाल नेपालका बिभिन्न १२ स्थानमा शाखा रहेका छन् । निकट भविश्यमा नेपालगन्जमा सेवा विस्तारको तयारी गरिएको पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए । गतवर्षमात्र पौवाले पोखरा र काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०७ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा