२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा सचेतना कार्यक्रम गरिने



बुटवल । बुटवलमा सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृतिमा विशेष कार्यक्रम गरिने भएको छ । संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आईतबार पारेर बुटवलमा ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ मनाईने भएको हो ।

सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफटी र रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रिजन ५ को संयुक्त आयोजनामा रुपन्देहीमा सचेतनामुलक अभिमुखिकरण, स्कुटी रयाली र मैनबत्ती प्रज्वलन गरि सप्ताहब्यापी स्मृति दिवस मनाईने आयोजकहरुले जनाएका छन् ।

आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तले भोग्नुपरेको भावनात्मक तथा ब्यवहारिक परिणामको दुर्दशालाई न्युनिकरण गर्न सहयोग पुग्ने गरि विश्वभर नै नोभेम्बेर तेस्रो आईतबार दिवस मनाईदै आएको जानकारी दिए । रुपन्देहीमा विभिन्न सरोकारवाला संस्थाहरुको सहकार्यमा सुरक्षित यात्रा अभियान नेपाल र मिडिया एक्सन फर रोड सेफटीबाट विगत लामोसमयदेखी सचेतना, अभिमुखिकरणका कार्यक्रम संचालन गर्दै आएको उनले बताए ।

मंसिर २ गते अनुशिक्षण तथा मंसिर ३ गते सडक दुर्घटनाहरुमा मृत्यु हुनेहरुको स्मृतिमा योगीकुटीबाट मणिग्राम र फेरी योगीकुटीसम्म सचेतनामुलक स्कुटी रयाली गरिने उनले जानकारी दिए । सोहीदिनको साँझ दुर्घटनामा परि मृत्यु भएकाहरुको समझानामा दीप प्रज्वलन कार्यक्रम गरिने उनले बताए ।

पाण्डेका अनुसार कार्यक्रममा सहभागी २ सय स्कुटी चालकलाई टिसर्ट र २५ जनालाई लक्की ड्र को आधारमा हेल्मेट वितरण गरिने छ । यसैगरि क्विज मार्फत थप १० जनालाई हेल्मेट वितरण गरिने उनले बताए । यो वर्ष बढीभन्दा बढी महिला स्कुटर चालकलाई लक्षित गरि सडक सुरक्षाको विषयमा अनुशिक्षण, विद्यार्थीहरुलाई सुरक्षित सडक प्रयोगबारे अनुशिक्षण, सचेतनामुलक स्कुटर रयाली तथा पाँच सय बढी सरोकारवालाहरुको सहभागीमा मैनबत्ती प्रज्वलन कार्यक्रम गरिने छ ।

कार्यक्रममा मिडिया एक्सन फर रोड सेफटीका संयोजक स्वस्तिक श्रेष्ठले सडक सुरक्षा, यात्रु सुरक्षा, सचेतनासंग जोडेर अभियान चलाउने उदेश्यका साथ बिसं २०६६ सालमा स्थापना भएर निरन्तर कार्यक्रम गर्दै आएको बताए । दुर्घटनाको हिसाबमा लुम्बिनी प्रदेशमा प्रत्येक वर्ष साढे पाचसय बढीले मृत्युवरण गरेको तथ्याँकमा देखिएको भन्दै यस विषयमा सरोकारवाला निकायको जागरुकता आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०७ बजे

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं

पटकपटक हेर्न नभ्याइनेमा पर्दैआएको सन्दीपको मुद्धा आज ‘हेर्न नमिल्ने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि ुहेर्न नमिल्नेमा