१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आन्तरिक पर्यटनमा आशा जगाउँदै पूूर्वी नेपालमा पोखराको प्रवर्धन सम्पन्न



गण्डकी । होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ ।
यही कात्तिक १६ गतेदेखि सुुरु गरिएको पाँच दिने अभियानमा पूर्वी नेपालका बर्दिबास, जनकपुर, विराटनगर, इटहरी, बिर्तामोड, धनकुटा, चितवनलगायतका प्रमुख सहर समेटिएको थियो ।
सूर्योदयको स्थल भनेर चिनिने पूर्वी नेपालको इलामबाट २० वर्षअघि सुरु गरिएको अभियानलाई त्यस यता निरन्तरता दिँदै आइएको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक बन्दै गएको र यसले देशैभरि नेपालीमा घुम्ने बानीको विकासमा टेवा पुु¥याएको उनले बताए ।
अभियान सुरु गर्दा घुम्न निस्कने नेपाली एक प्रतिशत रहेकोमा अहिले उक्त दर ३५ प्रतिशत पुगेको उनको भनाइ छ । पूर्वी नेपालमा सञ्चालित कार्यक्रमले पोखरा र पूूर्वी नेपालबीच पर्यटकीय साझेदारी बढ्ने विश्वास लिइएको उनले बताए ।
आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गरिएको कार्यकमले आन्तरिक पर्यटनको आगमनमा वृद्धि हुुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
आन्तरिक पर्यटनको चहलपहल बढाउन राज्यका तर्फबाट पर्यटनमैत्री नीतिसँगै सडकलगायतका पूर्वाधार, प्रभावकारी सडक तथा हवाई सञ्जालको विकासमा ध्यान दिनुुपर्ने उनले बताए ।
कार्यक्रमका क्रममा विभिन्न स्थानमा गरिएका छलफल एवं अन्तक्र्रियामा आन्तरिक पर्यटनको विकासका लागि सडक तथा हवाई सञ्जाल प्रभावकारी बन्नुुपर्ने, राज्यको पर्यटनमैत्री नीति तथा व्यवहार हुनुुपर्ने, भारतीय नोट नचल्दा भारतीय पर्यटक आगमनमा परिरहेको असरको अन्त्य गर्नुुपर्नेलगायतका विषयमा व्यवसायीले भनाइ राखेका थिए ।
सङ्घका अध्यक्ष सुवेदी नेतृत्वको टोलीमा होटेल सङ्घ पोखराका सल्लाहकारद्वय विप्लव पौडेल, भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठ पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष रामकाजी गुरुङलगायत पर्यटन व्यवसायी, जनप्रतिनिधि र सञ्चारकर्मीसहित २० जनाभन्दा बढी सहभागी थिए ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : २५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले