८ माघ २०८२, बिहिबार | January 22, 2026

सोमबार मात्रै ५ हजार प्यालेस्टाइनीले उत्तरी गाजा छाडे : राष्ट्रसंघ



गाजापट्टी । गाजामा दुई भागमा बिभाजन गरिएकाे भाेलीपल्ट सोमबार मात्रै ५ हजार प्यालेस्टाइनी दक्षिणी सिमातर्फ सरेका छन ।

इजरायलले आइतवार घेरामा परेको एन्क्लेभलाई दुई भागमा काटेको घोषणा गरे पछि सोमबार मात्रै करिब ५ हजार मानिस उत्तरबाट दक्षिणी गाजातर्फ सरेको संयुक्त राष्ट्रका अनुगमनकर्ताहरूले बताएका छन् ।

इजरायलले सोमबार स्थानीय समय अनुसार १०ः०० देखि १४ः०० बजेसम्म मात्र चार घण्टाको लागि कोरिडोर खोलेको थियो,’ संयुक्त राष्ट्रले भन्यो, ‘अहिले प्यालेस्टिनीहरूले पैदल यात्रा मात्र गर्न सक्नेछन् किनभने मुख्य क्रसिंग जंक्शनमा जाने सडकहरू धेरै क्षतिग्रस्त भएका छन् ।’

‘बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू लगायत सम्पूर्ण परिवारहरूले आफ्नो व्यक्तिगत सामानहरू हातमा बोकेर अनिश्चित लामो दुरी हिँडेको रिपोर्ट आएका छन,’ संयुक्त राष्ट्रको राहत एजेन्सीले आफ्नो पछिल्लो दैनिक अपडेटमार्फत भनेको छ ।

‘आज त्यहाँ उत्तर गाजा र दक्षिण गाजा भनि बिभाजित गरिएको छ,’ इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले आइतबार पत्रकारहरूलाई भनेका थिए । उनका अनुसार इजरायल यतिखेर युद्धको महत्वपूर्ण चरणमा रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ०९ बजे

प्रतिनिधि सभा निर्वाचन २०८२ : मतदान गर्नु अघि केही सवाल

काठमाडौं । जेनजी आन्दोलनको कारण समय अगावै प्रतिनिधि सभाको निर्वाचन

निर्वाचन आचारसंहिताका कारण बुटवलमा हुने कृषि मेला स्थगित

बुटवल । बुटवलमा सञ्चालन गर्न तयारी गरिएको कृषि मेला प्रतिनिधिसभा

नेपाल नेदरल्याड्ससँग २ रनले पराजित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको दोस्रो

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जारी मुद्दाबाट