५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लागू औषधसहित ८ जना पक्राउ



काठमाडौ‌ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौंको महानगरपालिका १४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६ सय एम्पुल, चक्कु २ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद ५७ हजार ६ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका ११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय राम चन्द्र चमार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरीको दुहबी नगरपालिका(८ कदमगाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३१ केजीसहित धनकुटा सहिद भूमि गाउँपालिका ७ बस्ने २१ वर्षीय अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा प्रदेश १०२०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को१ ह ८४७८ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइतेलाई उपचारको लागि दुहबी जिबन ज्योति हस्पिटल पठाई दुवै सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक अनिश तामाङको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका ६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका(१० बस्ने २६ वर्षीय सुवर्ण कुमार बोहरा र कञ्चनपुर भिमदत्त नगरपालिका १८ बस्ने २३ वर्षीय अनिल श्रीपाली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरी राखेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सुवर्ण कुमारले आफूसँग लुकाइ राखेको प्लास्टिकको पोका खादा बेहोस भएकोमा तत्काल उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगि खाएको प्लास्टिकको पोका निकाली तौल गर्दा उक्त परिमाणको पदार्थ बरामद भएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : २३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान