७ पुस २०८२, सोमबार | December 22, 2025

अत्याधिक धुलोका कारण पाकिस्तानको पञ्जावमा चार दिन बिदा



पाकिस्तान । धुलो र धुवा अत्याधिक बढे पछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ ।

मंगलबार प्रान्तीय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई कम गर्ने भन्दै चार दिने सार्वजनिक बिदाको घोषणा गरेको छ।

पञ्जाव सरकारको निर्देशन अनुसार नोभेम्बर ९ देखि १२ सम्म सार्वजनिक बिदा हुनेछ ।
‘धुवाँको प्रभावलाई कम गर्न पन्जाबको लाहोर, गुजरनवाला र हाफिजाबाद डिभिजनमा चार दिन बिदाको घोषणा गरिएको छ,’ पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारसँग भने ।

यी डिभिजनमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएकोसमेत उनले बताएका छन् ।  शैक्षिक संस्था, सार्वजनिक र निजी कार्यालय, रेस्टुरेन्ट, सिनेमा, पार्क र जिम बिहीबारदेखि आइतवारसम्म बन्द रहने उनले जानकारी दिए ।

शनिबार र आइतबार बजार र व्यापार केन्द्र बन्द रहनेछ। यद्यपि यो अवधिमा विवाह हल, औषधि पसल र बेकरी पसलहरू भने खुला रहनेछन्। उनका अनुसार यो बिदा यो साताका लागि मात्रै हो ।

वातावरण प्रदूषण र धुवाँ कम गर्न मुख्यमन्त्रीले बिदाको समयमा घरमै बस्न अपिल गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १० : ०२ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी