२७ श्रावण २०८३, बुधबार | August 12, 2026

रुपन्देहीको फायरलाइन-लुम्बिनी सडकको मर्मत छिटो सुरु गर्न सांसद घिमिरेको निर्देशन



कञ्चन । रुपन्देही क्षेत्र नं. ५ को पूर्व-पश्चिम लोकमार्ग फायरलाइनदेखि दक्षिण रुद्रपुर हुँदै शिवगढी (लुम्बिनी) जोड्ने सडक मर्मतको सन्दर्भमा बुधबार प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर विसुनदास लामा, ईञ्जिनियर महेश्वर लम्साल, ईञ्जिनियर शरद आचार्यसँग छलफल गरेका छन । साथैं उनले ईञ्जिनियरसँगैं सो सडकको स्थलगत निरीक्षण समेत गरेका हुन ।

सो क्रममा ईञ्जिनियर महेश्वर लम्सालले सडक मर्मतसम्भारको लागि गरिएको टेण्डर र कार्यप्रगतिको बारेमा जानकारी गराएका थिए । यो सडक मर्मतको लागि संघीय सरकारबाट ६ करोड २ लाख विनियोजन भई टेण्डर आह्वान भएकोमा ठेकेदार छनौट भई कार्य-सम्झौताको क्रममा रहेको ईञ्जिनियर लम्सालले जानकारी दिए । यो सडक फायरलाइन चोकदेखि दक्षिण २० किलोमिटर मर्मतसम्भार हुनेछ । सुरुमा खाल्टाखुल्टी पुरेर मर्मत गरेपछि एक लेयर कालोपत्रे थपिने जानकारी ईञ्जिनियरहरुले दिएका छन । यो सडक केन्द्रीय रणनीतिक सडकअन्र्तगत् परेकोले यसको नियमित मर्मतसम्भार र स्तरोन्नीको काम अब सडक विभागमार्फत् हुने छ ।

सोही क्रममा लुम्बिनी-कक्रहवा-पडेरियाचोक-शिवगढी सडक मर्मतको सन्दर्भमा भैरहेको कामको सन्दर्भमा समेत ईञ्जिनियर लम्सालले जानकारी गराएका छन । सो सडक साधारण मर्मतको लागि ५९ लाख बजेट विनियोजन भई टेण्डर भैसकेको छ । सो क्रममा सडक डिभिजन कार्यालय बुटवलबाट रुपन्देही क्षेत्र नं. ५ मा निर्माण हुने अन्य सडक, पुलहरुको बारेमा समेत कार्यालयका ईञ्जिनियरहरुले प्रतिनिधिसभा सदस्य घिमिरेलाई जानकारी गराएका थिए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले फायरलाइन-लुम्बिनी सडकमा परेका खाडलका कारण दूर्घटनाको जोखिम रहेकोले तत्काल त्यसलाई पुरेर स्तरीय मर्मतसम्भार गर्न निर्देशन दिए । साथैं यो सडकलाई स्तरोन्नती गरी डेडिगेट डबल लेन बनाउने कार्यको लागि आवश्यक प्रक्रिया अघि बढाउनुपर्नेमा जोड समेत दिए । साथैं क्षेत्र नं. ५ मा सडक कार्यालयमार्फत् बन्ने अन्य सडक र पुलहरुको निर्माण कार्य तत्काल अघि बढाउन समेत उनले निर्देशन दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ५ : २९ बजे

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, सबै मन्त्रीले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। सरकारमा