२० मंसिर २०८२, शनिबार | December 6, 2025

सडकको बीचमा रहेको बुद्ध मूर्ति फुटाउने एकजनालाई स्थानीयले समातेर प्रहरीलाई बुझाए



बुटवल । बुटवल भैरहवा सडकको तिलोत्तमा खण्डमा सडकको बीचभागमा रहेको बुद्धको मूर्ति फुटाउँदै हिँड्ने एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । आज मध्यान्ह मङ्लापुर बजार नजिकैको बुद्धमूति तोेडफोड गर्दै हिँडेका एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

स्थानीयले एकजना युवकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज डीएसपी दानबहादुर थापाले बताए । प्रहरी समक्ष नबोलेको र मानसिक अवस्था पनि शंकास्पद रहेको बताउँदै डिएसपी थापाले नियन्त्रणमा आएको युवकको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । युवकलाई मङ्लापुर चौकीमा राखिएको छ । प्रहरीका अनुसार ती युवा रानीगञ्ज तर्फबाट आएको अनुमानको आधारमा प्रहरीले त्यसतर्फ बुझ्न टोली पठाएको छ ।

तिलोत्तमा खण्डमा यसअघि पनि सडक किनारमा बुद्ध मूर्तिहरुमा तोडफोड भएको थियो । सुनियोजित देखिने लगातार सडक किनारका मूति फोडिएपनि अहिले सम्म मूति तोडफोड गर्नेलाई पक्राउ गरि प्रशासनले कारवाही चलाउन सकेको छैन ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : ०३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति