२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

नेपालगन्जमा पहिलो पटक प्रदेश स्तरीय पौडी प्रतियोगिता हुँदै



नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक प्रदेशस्तरीय पौडी प्रतियोगिता हुने भएको छ । नेपालगन्ज स्वीमिङ क्लवको आयोजनामा कात्तिक २५ गते नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरीमा प्रतियोगिता संचालन हुने भएको हो ।

प्रतियोगितामा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडी सहभागी हुने निश्चित भएको क्लवका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए । न्योपानेका अनुसार प्रतियोगितामा ८, १०, १२, १४, १५ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

क्लवका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले ८ र १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटर र अन्य खेलाडीले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने तथा खुल्लामा बटर फ्लाई र फ्रि स्टाइलमा प्रतिस्पर्धा हुने जानकारी दिए ।

क्लबले आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई सहभागी हुने जानकारी दिएको छ।

आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ । नेपालगञ्ज रंगशालामा राष्ट्रियस्तरको प्रतियोगिता गर्ने तयारी अनुरुप प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा क्लवका उपाध्यक्ष डा. नितेश कनोडिया, प्रशिक्षक चन्द्रराम चौधरीलगायतले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

नेपालगन्ज रङ्गशालामा पौडी पोखरी बनेपछि नवौं राष्ट्रिय खेलकुदका लागि छनोटमा प्रयोग भएपनि पोखरीमा ठुलो प्रतियोगिता भएको या नै पहिलो हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ४३ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम