५ पुस २०८२, शनिबार | December 20, 2025

तेस्रो चरणका राहत सामाग्री लिएर भारतिय सेनाको जहाज आज पनि नेपालगन्ज आइपुग्यो



नेपालगन्ज । जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षेति ब्यहोराका पीडितका लागि भारत सरकारले तेश्रो चरणको राहत सामाग्री पठाएको छ ।

बिहीबार नेपालगञ्ज विमानस्थलमा तेस्रोपपटक भारतीय वायुसेनाको विमान भूकम्प पीडितका लागि राहत सामाग्री सहित अवतरण गरेको छ ।

नेपालगन्ज झरेको राहत सामाग्री भारतीय दुतावासका प्रथम सचिव नवीन कुमारले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेका छन् ।

प्रजिअ पोखरेलका अनुसार तेश्रो चरणको राहत सामाग्री अन्तरगत ठूलो खालको टेन्ट २४ पिस, फिटिङ्स टेन्ट १२ पिस, स्लिपिङ ब्याग २ हजार ९ सय पिस, ब्ल्यांकेट २ हजार ८ सय पिस, त्यसैगरी सानो खालको टेन्ट ६०पिस, फिटिङ्स ६०, मेडिकल सप्लाईका सामान रहेका छन् । भारत सरकारले यसअघि पनि आपत्कालीन राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको थियो ।

पहिलो चरणमा आइतबार नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण थिए भने दोश्रो चरणमा भारतीय दुतावास अधिकारीद्धारा बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेललाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १० : ४८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य