१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

दाङमा बन्यजन्तुको शिकारीले चलाएको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु



दाङ । दाङमा बन्यजन्तुको शिकारीले चलाएको गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

स्थानीय जनसेवा सामुदायिक वनमा बन्यजन्तुको शिकारीले चलाएको गोली लागेर मृघोराही उपमहानगरपालिका(७ हर्निया घर भएका सशस्त्र प्रहरी जवान जुगारु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीबाट भरूवा बन्दुक बामद भएको दाङ प्रहरी प्रवक्ता डीएसपी जनक मल्लले बताए ।

डीएसपी मल्लका अनुसार बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको थियो ।

मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ३ : १८ बजे

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : एफएनसीसीआई अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

विद्यालय चिटिक्क पारेर मनाए मध्यबिन्दुको युवा संघका युवाले स्थापना दिवस

मध्यविन्दु । राष्ट्रिय युवा संघ नेपाल मध्यविन्दु नगर कमिटी नवलपरासीले

Two climbers from Mongolia go missing during Everest expedition

Kathmandu: Two citizens from Mongolia have gone missing during an

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको