१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बुटवलमा रहेका सिनेमा हलहरुको निरीक्षण



बुटवल । नेपाल चलचित्र बोर्डले बटवलका सिनेमा हलहरुको सोमबार निरीक्षण गरेको छ । बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकीको नेतृत्वमा बटवलका हलहरुको निरीक्षण तथा मोफसलमा व्यापारको अवस्था बारे अन्तरक्रिया गरिएको हो ।

विश्वव्यापी कोरोना महामारी तथा आर्थिक मन्दीसँगै देशभरका सिनेमा हलहरु मर्कामा परेको बताउँदै चलचित्र बोर्ड प्रवक्ता बुढाथोकीले फेरि पहिलेकै अवस्थामा ल्याउने गरि बोर्ड लागिरहेको बताए । विशेष गरि मोफसलमा हलहरुमा दर्शक ल्याउने गरि आफ्नो पहल सधै जारी रहने उनले प्रतिवद्धता गरे ।

चलचित्र पत्रकार संघ रुपन्देहीका पूर्व अध्यक्ष सुमन श्रेष्ठले विगतदेखिनै मोफसललाई केन्द्रले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए । श्रेष्ठले बुटवल लगायत काठमाडौं बाहिरका शहरहरुमा पनि सुविधा सम्पन्न र स्तरीय फिल्महलहरु थपिने क्रम बढेको बताउँदै चलचित्रको व्यापार विस्तारका लागि दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।

चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपानेले मोफसलमा रहेर काम गरिरहेका पत्रकार तथा रङ्गकर्मीका लागि राज्यले आवश्यक लगानी गर्न नसकेको गुनासो गरे । संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठले मोफसलमा रहेर कलम चलाउने पत्रकारहरुको क्षमता विकासका लागि चलचित्र बिकास बोर्डलाई लगानी गर्न आग्रह गरे ।

निरीक्षणका क्रममा बुटवल क्यूएफएक्सका व्यवस्थापक महेश्वर गिरी, भ्यूसिनेमा बुटवलका संचालक प्रेमप्रकाश श्रेष्ठ, तथा क्यूबक्स बुटवलका सञ्चालक महेन्द्र नारायण श्रेष्ठले आफ्ना समस्याहरु बारे बोर्डलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १ : ३९ बजे

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग