६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

एमाले महासचिव पोखरेल पनि उभिए टिकटकरको पक्षमा



काठमाडौं । कांग्रेस महामन्त्री द्वय टिकटकको पक्षमा उभिएलगत्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि टिकटकरलाई साथ दिएका छन् । महासचिव पोखरेलले कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताएका छन् ।

सोमबार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सामाजिक सञ्जालमा उनले टिकटकमाथिको प्रतिबन्ध उचित नभएको बताएका हुन् । ‘नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’ उनले लेखेका छन् ।

उनले सामाजिक सञ्जालमा प्रस्तुत गरिएको सामग्रीका आधारमा नियमन गरी अराजकता र छाडापन रोक्नु उपयुक्त हुने समेत बताएका छन् । उनले कन्टेन्ट आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो भएको उल्लेख गर्दै त्यतर्फ ध्यान दिन सरकारलाई सुझाएका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ५ : ३२ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र