३ पुस २०८२, बिहिबार | December 19, 2025

नवौं धारा नेपालगन्ज म्याराथन : मंसिर ८ गते ‘नेपालगन्ज कनक्लेभ’ हुँदै



नेपालगन्ज । नवौं धारा नेपालगन्जको सन्दर्भमा मंसिरको पहिलो साता नेपालगन्जमा अर्थतन्त्र, साहित्य, खेलकुद् र महिला सशक्तीकरणबारे विचार मन्थन गर्नेगरी नेपालगन्ज कनक्लेभ आयोजना हुने भएको छ ।म्याराथनको अघिल्लो दिन नेपालगन्ज म्याराथनलाई एउटा उत्सवका रुपमा अघि बढाउन यसै वर्षदेखि म्याराथनसँगै नेपालगन्ज कन्क्लेभसमेत आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

आयोजकले नेपालगन्ज कन्क्लेभलाई म्याराथनको बौद्धिक वार्मअप नामाकरण गरेको छ । ९ मंसिरमा म्याराथनको नवौं संस्करणको सन्दर्भमा आयोजना हुने नेपालगन्ज कनक्लेभलाई नेपालगन्ज साहित्य उत्सव–२०७३ को अर्को स्वरुपको शृंखलाका रुपमा अघि बढाउन लागिएको क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले बताए । कनक्लेभमा खेलकुद् मात्र नभई समाज, अर्थ–राजनीति, साहित्य र सम्भावनाबारे विचार विमर्श गरिने उनले जानकारी दिए ।

नेपालगन्ज कनक्लेभमा उद्यमशीलता, खेलकुद्, महिला सशक्तीकरण, साहित्य, युवा रोजगारलगायत विविध विषयका ६ वटा सत्र राखिएका छन् । त्यसका लागि वक्ताहरुको चयनसमेत भइसकेको ठकुरीले बताए ।

पश्चिम नेपालः उद्यमशीलता, पर्यटन र रोजगारी विषयमा उद्योगी प्रदीप छाजेड, नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल, भायानेटका सीईओ सेवा पाठक वक्ता रहने छन् । सो सेसनको मोडरेटर डा ओम मिश्रले गर्नेछन् ।

त्यस्तै, खेलकुदसँग टुटेको कडीः शिक्षा, स्वास्थ्य र खेलकुद् विषयक छलफलमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणी पौडेल, विद्यालय संचालक शशी स्वाँर, मुटुरोग विशेषज्ञ डा विकास नेपाल, धाविका सन्तोषी श्रेष्ठ वक्ता रहने छन् । सो सेसनको सहजीकरण खेल पत्रकार प्रकाश तिमिल्सिनाले गर्नेछन् ।

यसैगरी, आकाश धर्ती बराबरीः महिला सशक्तीकरण विषयमा अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो नेपाली पाइलट क्याप्टेन भावना पन्त, पर्वतारोही पूर्णिमा श्रेष्ठ, मिस नेपाल वर्ल्ड श्रृच्छा प्रधान, पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा वक्ता रहेका छन् भने राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले यो सेसनको सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

साहित्यसम्बन्धी अर्को सेसन छ, नेपाली आख्यानः के पढ्ने ? के लेख्ने ? आख्यानकार नयनराज पाण्डे, सुबिन भट्टराई, यस वर्षका मदन पुरस्कार विजेता उपन्यासकार विवेक ओझा, अभिनेत्री सुरक्षा पन्त वक्ता रहने छन् भने पत्रकार जनक नेपालले यो सेसनको सहजीकरण गर्नेछन् ।

युवा उद्यमशिलतासम्बन्धी स्वदेशमै सम्भव छः युवा उद्यम र रोजगार विषयक छलफलमा हिमालय रिइन्स्योरेन्सका सीईओ उपासना पौडेल, युवा उद्यमी संघका अध्यक्ष सहारा जोशी, डल्फिन ग्रुपका डाइरेक्टर तीर्थ थापा र आईएमई ग्रुपका सचिन ढकाल वक्ता छन् भने यो सेसनको मोडरेटर नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा नितेश कनोडियाले गर्ने छन् ।

नेपालगन्ज कनक्लेभको अन्तिम सत्रमा अभिनेता राजेश हमालसँग त्रिवि सहप्राध्यापक केशव सिग्देलको समाज, सिनेमा र साहित्यबारे संवाद हुने आयोजकले जनाएको छ ।

कन्क्लेभमा नेपाली युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टर सहआयोजक रहेको छ भने क्रियटिभ बुक्स महत्वपूर्ण साझेदारका रुपमा छ ।

अध्यक्ष ठकुरीले नेपालगन्ज कन्क्लेभले पश्चिम नेपालमा बहसको नयाँ अध्याय अघि बढाउने दाबी गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ९ : ०१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको