१५ असार २०८३, सोमबार | June 30, 2026

‘नेपालगन्ज नाइट रन’ एम्समा आबद्ध



नेपालगन्ज । नेपालमा रातमा आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ।

संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो। यो आवद्धतासँगै नेपालगन्ज नेपालकै पहिलो सहर बनेको छ जहाँ एम्स द्वारा मान्यता प्राप्त दुई इभेन्टहरु धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज नाइट रन हुनेछन्।

नेपालगन्ज म्याराथनको रुटलाई नेपालमै सबैभन्दा सरल मानिन्छ। एम्स सदस्यता प्राप्त भएपछि यी दौडहरू एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन्, जसले सहरको अन्तर्राष्ट्रिय पहिचानमा योगदान पुर्‍याउनेछ। नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरी भन्छन्, ‘यसले सहरको ब्रान्डिङमा सहयोग गर्छ र विदेशी सहभागीहरूलाई अपडेट गराउँछ।’

नेपालगन्ज म्याराथनअन्तर्गत काठमाडौँ २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रीन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन्। ठकुरीका अनुसार यी दौडहरूलाई पनि क्रमशः एम्स मान्यता दिलाउने तयारी भइरहेको छ। गत महिना काठमाडौँमा आयोजित ‘काठमाडौं २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको थियो। उक्त भ्रमणकै क्रममा एम्स अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओले नेपालगन्ज म्याराथनको रुट पनि अवलोकन गरेका थिए।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १ : ४७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै