४ श्रावण २०८३, सोमबार | July 21, 2026

बुटवलमा नेवार समुदायले मनाए नेपाल सम्वत् ११४४ (फोटो फिचर)



बुटवल । ‘हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो पहिचान सम्पूर्ण नेवारहरु एक हौ’ भन्ने नारासहित बुटवलमा नेवार समुदायहरुले नेपाल सम्वत् ११४४ मनाएका छन् । बुटवलका १५ वटा नेवा समितिहरुको संयुक्त आयोजनामा मंगलबार र्यालीसहित बुटवल बजार परिक्रमा गरी दिवस मनाएका हुन् ।

कुमारी, पंचकन्या, लाखे, बाजागाजा, झाकी र ब्यानरसहित र्याली बुटवल–११ माझगाउँबाट सुरु भई ईट्टाभट्टी, कालिकानगर, होराइजनचोक, देवीनगर हुँदै पुन नेवा सेवा समितिको सचिवालय माझगाउँमै पुगेर समापन गरिएको थियो ।

नेवा: सेवा समिति माझगाउँका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जगेर्ना गर्दे उद्देश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए । यसैगरी सचिव डिल्लीराम श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवार समुदायहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

र्यालीमा नेवा सेवा समिति, श्री नेवा पुच नेवा विकास परिषद, भिमसेन नेवा: समाज, तिलोत्तमा नेवा: मयजू खल, नेवा: मिसादवु बुटवल, नेवा: समाज अर्घाखाँची रुपन्देही, नेवा पुच दिपनगर, नेवा: पुच तामनगर, नेवा: पुच बुटवल ११, भिद्य नेवा: समाज रानीगञ्ज, बुटवल नेवा: समाज, नेवा: सेवा समिति बुटवल, गणेश नेवा: समाज मझगाउ, नेवा: संस्कृति संरक्षण समिति देवीनगर र भिन्धो नेवा: पुचको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १० : ४१ बजे

प्रहरीबाट “लागू औषध मुक्त खजुरा अभियान” संचालन

खजुरा । पछिल्लो समय लागू औषधको मुख्य बजार बन्दै गएको

पूँजीगत खर्चको निराशा र राजस्व सङ्कलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा