२० माघ २०८२, मंगलबार | February 4, 2026

नियमित साइक्लिङ र स्वीमिङ मधुमेह र थाइराईड उपचारको सहयोगी



बुटवल । विश्व मधुमेह दिवसको अवसरमा बुटवलमा साईक्लोथन कार्यक्रम आयोजना गरिएको छ । विश्व मधुमेह दिवसको अवसर पारेर डाईबेटिज एण्ड थाइरोइड सेन्टर तिलोत्तमाले सचेतनामुलक साईक्लोथन कार्यक्रम गरेको हो ।

मधुमेह र थाइराइडको विशेषज्ञ उपचार सेवा दिदै आएको केन सेन्टरको मुख्य आयोजना तथा बुटवल युनाईटेड साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल सिटी बुटवल, तिनाउ साईक्लिङ क्लबलगायतको सहकार्यमा २० किलोमिटर दुरीको साईक्लोथन कार्यक्रम गरिएको खेल पत्रकार स्वस्तिक श्रेष्ठले बताए ।

केन्द्रको परिसर शंकरनगरबाट शुरु भएको साईकल रयाली मणिग्राम हुदै योगीकुटी कालिकापथ, कालिका मन्दिर, नेपालगंज रोड, ट्राफिक चोक, राजमार्ग चौराहा हुदै पुनः केन सेन्टरमा पुगेर समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै केनका प्रबन्ध निर्देशक दीनेश कक्षपतिले मधुमेह र थाइराइडकोको बारेमा सचेतना कार्यक्रमलाई जोड दिनसके यसबाट बिरामीहरुमा आईलाग्ने जोखिमबाट बचाउन सकिने बताए । ‘स्वस्थ्यमा इमान्दारीता आजको मुख्य समस्या छ ।’—उनले भने ।

चिकित्सकमा पनि र बिरामीमा पनि कमजोरी रहेको भन्दै उनले बिरामीहरु निको भएपछि नियमित परिक्षण छोड्ने गरेकाले समस्या बल्झिने गरेको उनले बताए ।

मधुमेह रोग लागेका बिरामीलाई क्यालोरी बर्न गर्नु महत्वपूर्ण मानिन्छ । त्यसको लागि साईक्लिङ र स्वीमिङ सबैभन्दा उत्तम हुने उनले बताए । बुटवलमा युवाहरुको स्वस्थ्य परिक्षणको क्रममा ५० प्रतिशत भन्दा बढीमा समस्या देखिएको भन्दै उनले खानपिन र जीवनशैली समस्याको कारण भएको बताए । यस विषयमा सचेत हुनुपर्ने उनले आग्रह गरे ।

साईक्लिष्टहरुसंग सहकार्यमा एक दिने निशुल्क शिविर गर्न आफु तयार रहेको भन्दै उनले मधुमेह, कलेजो, मुटु र कोलेस्ट्रोल, मृगौलाको निशुल्क परिक्षणमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले साइक्लोथन अन्तराष्ट्रियस्तर पहिचान दिने गरि अभियानमुलक कार्यक्रम भएको चर्चा गर्दै यो सन्देशलाई सबैलाई प्रवाह गर्न सकेमात्र कार्यक्रम सफल हुने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ४ : ४२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको