१० असार २०८३, बुधबार | June 24, 2026

विश्व मधुमेह दिवसमा साइक्लोथोन



बुटवल । बुटवलमा साइक्लोथोन गरेर विश्व मधुमेह दिवस मनाइएको छ । केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरको संयोजनमा साइक्लोथोनको आयोजना गरी मधुमेह दिवस मनाइएको हो ।

बुटवल युनाइटेड साइक्लिङ क्लबको सहयोगमा मधुमेह न्यूनिकरणका बिभिन्न नारा अंकित प्लेकाड सहित बुटवलका विभिन्न स्थानमा साइकल र्याली गरिएको थियो। मधुमेह रोगको जोखिमप्रति जनचेतना फैलाउनु र स्वस्थ जीवनशैलीको महत्व उजागर गर्न साइक्लोथोन गरिएको आयोजक केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरले जनाएको छ ।

साइकल र्याली तिलोत्तमाको योगी कुटीदेखि शुरू भई कालिकानगर हुँदै बुटवल गोलपार्क, सुखानगर हुँदै मणिग्राम मणिग्राम पुगेर केन सेन्टर शंकरनगरमा पुगेर सम्पन्न भएको थियो । साइकल यात्रामा ३० भन्दा बढी सदस्यहरूको सहभागिता रहेको थियो।

साक्लोथोनको समापनमा बोल्दै केन डाइबेटिज एण्ड थाइरोइड सेन्टरका अध्यक्ष दिनेश कक्षपतिले विश्व मधुमेह दिवस मनाउन थालेको २२ वर्ष भइसकेको जानकारी दिँदै साइकलिङजस्ता शारीरिक गतिविधिले मधुमेह रोकथाममा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ूसाइकल चलाउँदा सम्पूर्ण शारीरिक अभ्यास हुने भएकाले यसले शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।ु कक्षपतिले भने।

नेपालमा हाल २५ लाखभन्दा बढी व्यक्तिहरू मधुमेहबाट प्रभावित छन् भने करिब ५० प्रतिशत मधुमेह रोगीले आफ्नो रोग पहिचान गर्न सकेका छैनन्। एक अध्ययन अनुसार करिब २१ प्रतिशत नेपालीहरू मोटोपनको शिकार भएका छन्, जुन मधुमेहको प्रमुख जोखिमकारक हो। यसैलाई दृष्टिगत गरी केन सेन्टरले वर्षेनी विश्व मधुमेह दिवसलाई जनचेतना फैलाउने कार्यक्रम गरेर मनाउने गरेको छ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ११ : ०७ बजे

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित