२७ श्रावण २०८३, बुधबार | August 13, 2026

विश्व मधुमेह दिवस‌को अवसरमा होटल पौवा र केन सेन्टरद्वारा नि:शुल्क मधुमेह र मृगौला परिक्षण



बुटवल । विश्व मधुमेह दिवसको अवसर पारेर चेन होटल पौवा र केन सेन्टरको आयोजनमा दुई दिने मधुमेह र मृगौला सम्बन्धि निःशुल्क रक्त र पिसाव जाँच सेवा प्रदान गरिएको छ । पौवाको योगीकुटी शाखामा संचालन गरिएको जाँच शिविरमा २३२ जना स्थानीयले सेवा लिएको होटल पौवाले जनाएको छ ।

परिक्षण गरिएका मध्य १४ प्रतिशतमा सुगर देखिएको केन सेन्टरका अध्यक्ष दीनेश कक्षपतीले जानकारी दिए । कक्षपतीका अनुसार १४%सुगर संक्रमित मध्य २%मा मृगौलामा सामान्य असर देखिएको थियो ।

समाजमा हरेक घरमा ४० वर्ष माथिका व्यक्तिहरुमा सामान्य सुगरको मात्रा देखिने भएपनि समयमा परामर्स र व्यवस्थापन गर्न सकियो भने पूर्ण निमन्त्रण हुने उनले बताए। बिगत दुई दशक देखि मधुमेह र मृगौला उपचारमा क्रियाशिल कक्षपतीले तिलोत्तमामा मधुमेह र मृगौलाको समस्या धेरै रहेको जानकारी दिँदै बेला मै निमन्त्रण गर्न सकिएन भने प्रत्येक परिवारको स्वास्थ्यमा धेरै पैसा र समय सकिने चेतावनी दिए ।

होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पौवाको सामाजिक उत्तरदायित्व अन्तर्गत होटलका ग्राहक र छिमेकीहरुलाई नि:शुल्क स्वास्थ्य परिक्षणको कार्यक्रम राखिएको बताए । ब्यवसाय सहित सामाजिक कार्य गरेर स्थानीयलाई स्वास्थ्य सेवा दिन पाउँदा गौरव महसुस भएको उनले बताए ।

सेवाग्राही स्थानीय जनकराज बेल्बासेले स्वास्थ्य परिक्षण कार्यक्रम व्यवस्थित र जानकारी मूलक भएको बताए । अर्का स्थानीय कृष्ण प्रसाद अर्यालले घर नजिकै मधुमेहको बारेमा जानकारी लिन पाउँदा खुसी ब्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : ३४ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको