१८ असार २०८३, बिहिबार | July 2, 2026

फिफा विश्वकप छनोट : नेपाल युएईसित पराजित



काठमाडौं । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सित पराजित भएको छ । गए राति युएईको दुबईमा भएको खेलमा नेपाल युएईसित ४-० गोलअन्तरले पराजित गरेको हो ।

युएईका लागि कप्तान अली मखबूटले दुई तथा खलिफा अल हम्मादी र फावियो लिमाले एक एक गोल गरेका थिए । युएईले चारै गोल पहिलो हाफमा गरेको हो ।

दोस्रो हाफमा भने नेपालले युएईलाई गोल गर्नबाट रोकेको थियो । पहिलो हाफमा युएईले नेपाललाई पुरै दबाबमा राखेको थियो । खेलको १० औँ मिनेटमा युएईका लागि खलिफा अल हम्मादीले पहिलो गोल गरेका थिए ।

यस्तै खेलको ३४ औँ मिनेटमा युएईले पेनाल्टीमार्फत दोस्रो गोल गरेको थियो । उक्त गोल अली मखबूटले गरेका थिए । यस्तै खेलको ४४ औँ मिनेटमा युएईका लागि मखबूटले नै अर्को गोल गरे । युएईका लागि पहिलो हाफको अतिरिक्त समयमा फाबियो लिमाले चौथो गोल गरे ।

दोस्रो हाफमा भने युएईले आक्रमक खेल खेले पनि गोल गर्न भने सकेन । युएईका खेलाडीको पटक पटकको प्रयास नेपाली खेलाडीले विफल पारे ।

युएईसितको खेलमा अन्जन राई, छिरिङ लामा र योगेश गुरुङले डेब्यू गरेका थिए । नेपालले छनोटअन्तर्गत आफ्नो दोस्रो खेल यही मङ्सिर ५ गते यमनविरुद्ध दशरथ रङ्गशालामा खेल्नेछ । लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : २३ बजे

आज शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका फिफा विश्वकप

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने

पिरोमा ‘गुलियो’ खुसी

नारायणगढ । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश

पोखरा महानगरको बजेट पारित

कास्की । पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आगामी आर्थिक वर्ष