५ फाल्गुन २०८२, मंगलबार | February 18, 2026

इजरायली सेनाद्दारा गाजामा रातभरी बमबारी, २८ को मृत्यु



गाजापटटी । इजरायलले गाजामा रातभर बमबारी गरेको छ । सो क्रममा गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएका छन् । साथै, प्रमाणित जानकारी सङ्कलन गर्न स्वास्थ्य मन्त्रालयलाई सामना गर्नु पर्ने कठिनाइहरूले इजरायली हमलाहरूबाट प्रभावित स्थानहरूबाट जानकारी पाउन गाह्रो बनाएको छ ।

दक्षिणी गाजाबाट अल जजीरा, अरबीको हेबा अकिलाले निम्न जानकारी सङ्कलन गरेकी छिन् । जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा परी कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

हवाई आक्रमणले दक्षिणी गाजामा बेकरी र गहुँ मिलहरूमा असर पारेको छ, केवल एउटा कम्पनी भने अझै पनि एन्क्लेभमा पीठो उत्पादन गर्न सक्षम छ । खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन् ।

हवाई आक्रमण रफाहको पूर्व र पश्चिममा भएको थियो । रफाहको पूर्वमा भएको एउटा बम विष्फोटमा कुखुरा फार्ममा कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

गाजा सहरमा शवहरू भुइँमा नै अलपत्र अवस्थामा छन्, स्थानिय बासिन्दाहरू अहिले ध्वस्त शहरमा इजरायली सेनाले गोली हान्ने डरले तिनीहरूलाई संकलन गर्न असमर्थ छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : १३ बजे

सैनामैनाबाट चोरीको स्कुटर र गरगहना सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट चोरीको स्कुटर र सुनका गहनाहरु सहित

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार