७ पुस २०८२, सोमबार | December 22, 2025

इजरायली सेनाद्दारा गाजामा रातभरी बमबारी, २८ को मृत्यु



गाजापटटी । इजरायलले गाजामा रातभर बमबारी गरेको छ । सो क्रममा गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएका छन् । साथै, प्रमाणित जानकारी सङ्कलन गर्न स्वास्थ्य मन्त्रालयलाई सामना गर्नु पर्ने कठिनाइहरूले इजरायली हमलाहरूबाट प्रभावित स्थानहरूबाट जानकारी पाउन गाह्रो बनाएको छ ।

दक्षिणी गाजाबाट अल जजीरा, अरबीको हेबा अकिलाले निम्न जानकारी सङ्कलन गरेकी छिन् । जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा परी कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

हवाई आक्रमणले दक्षिणी गाजामा बेकरी र गहुँ मिलहरूमा असर पारेको छ, केवल एउटा कम्पनी भने अझै पनि एन्क्लेभमा पीठो उत्पादन गर्न सक्षम छ । खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र एक बालिका रहेका छन् ।

हवाई आक्रमण रफाहको पूर्व र पश्चिममा भएको थियो । रफाहको पूर्वमा भएको एउटा बम विष्फोटमा कुखुरा फार्ममा कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएको थियो ।

गाजा सहरमा शवहरू भुइँमा नै अलपत्र अवस्थामा छन्, स्थानिय बासिन्दाहरू अहिले ध्वस्त शहरमा इजरायली सेनाले गोली हान्ने डरले तिनीहरूलाई संकलन गर्न असमर्थ छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : १३ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने