२९ भदौ २०८३, सोमबार | September 14, 2026

विश्वकप छनौट : उरुग्वेसँग अर्जेन्टिना हार्‍यो, कोलम्बियाद्वारा ब्राजिल पराजित



काठमाडौंं । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ ।

शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए ।

यो गत वर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको यो पहिलो हार हो ।

साथै विश्वकप छनौटमा पनि अर्जेन्टिनाको यो पहिलो हार हो । ५ खेलमा १२ अंक हासिल गरेको अर्जेन्टिना हारपछि पनि अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै यो जितपछि उरुग्वे ५ खेलमा १० अंक हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै, विश्वकप छनौट अन्तर्गतको खेलमा कोलम्बियाले ब्राजिललाई पराजित गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरेका थिए । उनले खेलको ७५औं र ७९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई महत्वपूर्ण जित दिलाएका हुन् ।

यसअघि ब्राजिलका लागि खेलको चौथो मिनेटमा नै गाब्रियल मार्टिनेलीले गोल गर्दै शुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले हार बेहोरेको थियो ।

दक्षिण अमेरिकी विश्वकप छनौटमा ब्राजिलको यो दोस्रो हार हो । अहिलेसम्म ५ खेलमा केवल ७ अंक बटुलेको ब्राजिल पाँचौं स्थानमा झरेको छ ।

त्यसैगरी कोलम्बियाको भने यो दोस्रो जित हो । ५ खेलमा ९ अंक बटुलेको कोलम्बिया अंक तालिकामा तेस्रो स्था

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : १० बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा