६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

रास्वपाका सांसद घरदैलोमा पुग्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ”, प्रवक्ता डा ढकालले भने,, “गत निर्वाचनमा अमूल्य मतसहित विश्वास दिनुभएकामा धन्यवाद दिन पार्टीको सबै सङ्गठन परिचालन गरी यही मङ्सिर २, ३ र ४ मा घरदैलोमा जाँदैछौं। जनताबाट थप सल्लाह, सुझाव र खबरदारी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।”

यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको एक वर्ष पूरा हुँदैछ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत सहभागी हुनेछन् । प्रत्यक्षतर्फको एक सय ३१ र समानुपातिकतर्फको एक सय सातजना सहभागी हुनेछन् ।

“नयाँ पार्टीका रुपमा हामी चुनावमा हतारमा थियौँ । त्यस समयमा गरिएको प्रतिबद्धताप्रति प्रतिबद्ध नै छौँ है भन्ने सन्देश दिन पनि जनताको घरदैलो जाँदैछौँ”, सहमहामन्त्री बुर्लाकोटीले भने, “एक सय ३१ वटा निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्र समिति गरी एक सय ४१ निर्वाचन क्षेत्रमा परिचालन हुनेछ ।”

प्रवक्ता डा ढकालले तीन दिनमा सबै ठाउँमा पुग्न सम्भव नभए पनि अन्य समयमा विभिन्न कार्यक्रममार्फत जनतासम्म पुग्ने बताए। यस्तै, आज पार्टीको सातै प्रदेशको प्रदेश र निर्वाचन क्षेत्रस्तरीय बैठकसमेत बस्दैछ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ३ : ०० बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए