७ कार्तिक २०८३, शनिबार | October 24, 2026

वरुण घिमिरेको हत्या अभियोगमा आठजना पक्राउ



बर्दिया । बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो ।

कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसईबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । लक्ष्मी पुजाको मध्यरातमा गुलरिया नगरपालिकाको वडा नं. ६ बस्ने २० वर्षीय  घिमिरेको खुडा प्रयोग गरेर हत्या भएको थियो ।

घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ५ : ५६ बजे

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको