२८ माघ २०८२, बुधबार | February 12, 2026

धनगढीमा भिषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति



धनगढी । शनिबार बिहान कैलालीको धनगढीमा भएको भीषण आगलागीबाट अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति पुगेको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका-१ मा रहेको सारथी अस्पताल क्षेत्रमा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार शनिबार बिहान १ बजेको समयमा सुरुमा सारथी अस्पताल छेउको पसलबाट आगलागी सुरु भएको थियो । दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ता चप्पलको होलसेलको गोदाम)मा बिद्युत तार सर्ट भएर आगो लागेको थियो ।

त्यसपछि आगो फैलिएर नजिकका अन्य ६ वटा पसल तथा अस्पतालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट भण्डारीले सञ्चालन गरेको जुत्ता चप्पलको होलसेलको गोदामका साथै टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देबी शप (बच्चाका सामानहरु पाइने पसल), बासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टरमा क्षति पुगेको छ । यस्तै, जगत बहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ सेन्टर, यसोदा साउदले सञ्चालन गरेको न्यु सदिक्षा इन्टरप्राइजेज, जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स र गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु-सेन्टरमा पनि क्षति पुगेको छ ।

आगलागीबाट सारथी अस्पतालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्र पालको कमाण्डमा ४० जना प्रहरी परिचालन भएका थिए । यस्तै, तेघरी व्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमाण्डमा २६ जना नेपाली सेना, शसस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट डीएसपी खेमराज ठकुल्लाको कमाण्डमा ३० जनाको टोली खटिएको थियो ।

धनगढी उपमहानगरपालिकाको २ वटा, गोदावरी नगरपालिकाको १ वटा र पुनर्बास नगरपालिकाको १ वटा गरी ४ वटा दमकलको मद्दतबाट आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउन अग्नि नियन्त्रक तथा सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा र जनप्रतिनिधि पनि सक्रिय भएका थिए । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ३९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी