४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्युठान नौबहिनीको भीरमा आमाछोरा मृत अवस्थामा फेला



प्युठान । विगत ४ दिनदेखि हराइरहेका प्युठान नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । आमाछोराको शव फरफरक समयमा फेला परेको प्युठान प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय २२ वर्षीया रीमा बुढामगरको शव शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगरको शव शनिबार घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा मृत अवस्थामा फेला परेको हो ।

आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको प्रहरीले जनाएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेको सम्बन्धमा उनका छिमेकीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको