१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा बुटवलमा बृहत दीप प्रज्जवलन तथा स्कुटर र्याली सम्पन्न (फोटो फिचर)



बुटवल । सडकमैत्री कानुन र पूर्वाधार अभावको कारण देशमा ठूलो संख्यामा जनधनको क्षति हुने गरेको नेशनल रोड सेफ्टी एलाएन्सका केन्द्रीय अध्यक्ष योगेश भट्टराईले बताएका छन् । बर्सेनि ३ हजार जनाको सडक दुर्घटनामा मृत्यु हुने दरलाई रोक्ने गरी सरोकारवाला निकायहरु लाग्नुपर्ने उनले बताए ।

सुरक्षित यात्रा अभियान नेपाल, मिडीया एक्सन फर रोड सेफ्टी, रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गतका ३ दर्जन क्लबहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । “संयुक्त राष्ट्र संघको घोषणापत्रमा सडक दुर्घटना २०३० सम्म ५० प्रतिशत घटाउने लक्ष्यसहित विश्वका कतिपय देशहरुले अभियान थालेका छन्”- उनले भने । सडक सुरक्षाको निम्ति सरकारले बनाउने कानुनको लागि दबाब दिनेगरी सरोकारवालाहरु लाग्नुपर्ने उनले बताए । स्थानीय सरकार, प्रदेश र संघीय सरकारलाई यो कानुन बनाउने विषयमा जोडदार दबाब जरुरी रहेको उनले बताए । यो विषयमा सामाजिक संजालबाट नै आफ्नो धारणा अगाडि सार्न जरुरी रहेको उनले बताए ।

दुर्घटना न्युनीकरणका लागि कानुन बनाउनुका साथै अभियानमुलक कार्यक्रमलाई सरोकारवालाहरुले अघि बढाउनुपर्ने उनले सुझाव दिए । “अझै पनि कानुनको अभाव छ । यसले गर्दा दुर्घटना घट्ने अवस्था छैन”- उनले भने । सडक सुरक्षा काउन्सिलको सडक कानुन निर्माण पछि बन्ने हुँदा पनि सरकारी संयन्त्रहरु विकासपछिको समस्याबारे खासै चासो नदिने गरेको उनले दुखेसो गरे । प्रत्येक वर्ष ३ हजार मानिसको मृत्यु हुने गरेको छ । अझ बढीमा दुई पाँग्रेमा ८० प्रतिशत मृत्यु हुने तथ्यांक अझ भयानक रहेको उनले बताए । दुई पाङ्ग्रेको पछि बस्नेको मृत्यु हुने धेरै रहेको उनले बताए ।

कुल राष्ट्रको जिडिपिमा २ प्रतिशत नोक्सानी यसले गरेको छ । पूर्वाधार निर्माण अनुसारको नियमसंगत सवारी नचलाउँदा अझ दुर्घटनाको कारक रहेको, नया बनेका सडकमा कुन लेनको प्रयोग गर्ने हो त्यो ज्ञान नहुँदा पनि अर्को समस्या रहेको उनले बताए । सबै सामाजिक संघसंस्था र आम नागरिकको सहभागिताबाट मात्र यो अभियान सफल हुने उनले बताए । “मौलिक हकका रुपमा सुरक्षित यात्रा गर्न पाउनु पर्ने लेखिएको छ जसको लागि सचेतना जरुरी छ”-भट्टराईले भने । नेपाली लाईसेन्सले अन्तर्राष्ट्रिय मान्यता नपाएको कारण पनि नेपाली नागरिक विदेशमा गएर सवारी चालक अनुमति पत्र लिन ठूलो धनराशी खर्च गर्नुपर्ने, नया पुस्तामा सवारी साधन दैनिक जिवनमा अनिवार्य रहेको हुँदा पनि यसलाई अगाडि बढाउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल अटोमोबाईल स्पोर्ट्स एशोसिएशन(नासा) फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, सुरक्षित यात्रा नेपाल अभियानका महासचिव दिनेश पाण्डे, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक शोभा पाण्डेले सहभागी स्कुटी चालक महिलाहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागी १ सय २० बढी स्कुटी चालक महिलालाई दुर्घटना न्युनीकरण र लेन सुरक्षाबारे प्रशिक्षण दिईएको थियो । प्रशिक्षणपश्चात सहभागी स्कुटी चालक महिलाहरु योगीकुटीबाट सचेतनामुलक र्याली मणिग्राम पुगेर पुनः योगिकुटीमा फर्किएर समापन गरिएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेश्नल रोड सेफ्टी एलाएन्सका केन्द्रीय अध्यक्ष योगेश भट्टराईले निकै महत्वपूर्ण विषयमा सरोकारवाला निकायहरु एकतावद्घ भएर कार्यक्रम गरिएको भन्दै निरन्तर अभियान चलाउन सुझाव दिए ।

कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुले सामाजिक हितमा रहेर निरन्तर लागेको रोटरी अभियानमा थप फलदायी हुने र प्रभावकारी कार्यक्रम भएको बताए ।

फोटो फिचर

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ६ : १७ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति