६ श्रावण २०८३, बुधबार | July 22, 2026

टिकटक प्रतिवन्ध विरुद्धको रिटमा आजबाट सुनवाई हुने



काठमाडौं । टिकटकमाथि लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनवाई हुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा सोमबारका लागि पेशी तोकिएको थियो । जसअनुसार सो प्रतिवन्ध खुलाउन माग गर्दै दायर रिट माथि आजबाट सुनवाई हुन लागेको हो ।

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन अर्थात मंसिर १ गते सर्वोच्च अदालतमा कयौं रिट निवेदन परेको थियो । उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेशी तोकिएको अदालतले जानकारी दिएको थियो ।

शनिबार तथा आइतबार छठ पुजाको सार्बजनिक बिदा भएकाले सोमबारलाई पेशी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : १४ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज