२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

हल्का हिमपातको सम्भवाना



काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

अहिले काठमाडौंको वायुको तापक्रम १७ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता छ किलोमिटर भन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाडौँमा आंशिक बदली भइ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेन्डीग्रेडको बिचमा रहने मौसमविद् पुडासैनीले बताए ।

यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : ३३ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार