१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सबै धर्मावलम्बीले मिलेर मनाए छठ



भक्तपुर । सोमबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा बर्तालुको भीड थामिनसक्नुको थियो । बाँकी तीन छेउ वरपर पालाअर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त त कोही निभेका बत्ती बाल्दै थिए ।

तराईको झल्को दिने गरी दुलहीझैँ सिँगारिएर झकिझकाउ बनाइएको कमलपोखरीमा छठ मनाउन तराईवासीसँगै भक्तपुरका स्थानीय पनि सहभागी थिए । मुख्यतया तराई क्षेत्रमा मनाइने छठ पर्व उपत्यकाको सहर भक्तपुरमा पनि हर्षोल्लासका साथ मनाइएको छ । भक्तपुरमा तराई मधेसका समुदायकासँगै मिलेर भक्तपुरवासीले पनि संस्कृति र परम्पराअनुसार पूजा आराधनासहित छठ मनाएका छन् । आज बिहानै छठ मनाउन रातभर जाग्राम बसेका बर्तालुले उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा सम्पन्न गरी छठ सम्पन्न गरिएको हो ।

भक्तपुरमा बस्दै आएका तराईवासीले कमलपोखरीमा छठ पर्व मनाएको यो पहिलो वर्ष भने होइन । सर्लाहीबाट भक्तपुरको कमलविनायकमा व्यवसाय गरेर बस्दै आएका छठ पर्व आयोजक समितिका संयोजक लक्ष्मण रौनियारले विगत नौ वर्षदेखि यहाँ छठ मनाउनका लागि व्यवस्थापन गर्दै आएका छन । पर्वका लागि आइतबार पोखरीलाई सजाएर झकिझकाउ बनाइएको थियो भने साँझ बर्तालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छैठी देवीको पूजा गरेर छठ पर्व मनाएका छन् । कमलविनायकमा चटपटे व्यवसाय गर्दै आएकी सुभद्रा साहले विगत तीन वर्षदेखि कमलपोखरीमा छठ पर्व मनाएदै आएको उल्लेख गर्दै छठमा घर जान नपाउनेका लागि यहाँको व्यवस्थापनले सजिलो बनाएको बताइन ।

मध्यपुरथिमि नगरपालिका-५ राधेराधे बस्दै आएका शरण झाले पनि यस वर्ष यही पोखरीमै छठ मनाउन आएको बताए । यहाँका बासिन्दाले छठका लागि गरेको सहयोगले धार्मिक सहिष्णुता बढाएको उल्लेख गर्दै यहाँ तराई मधेसका बासिन्दाले मात्रै्र नभई यहाँका पहाडियाले पनि सँगै छठ मनाएको बताए । विशेष गरेर तराईवासीले हर्षोल्लासका साथ मनाइने छठ पर्व आज भक्तपुरमा सबै धर्मावलम्बीले सामूहिक रुपमा मिलेर मनाएको देख्दा खुसी लागेको उनले बताए । समितिका संयोजक रौनियारले मुसलमानदेखि विभिन्न धर्म, जातका व्यक्ति सहभागी भएको बताए । विगतका वर्षमा एक सय परिवार पनि नहुनेमा यस वर्ष एक सय ५० भन्दा बढी परिवारले यहाँ छठ मनाएको उनले बताए ।

सूर्यको उपासनासँग सम्बन्धित छठ पर्व यस वर्ष शुक्रबारदेखि सुरु भएको थियो । चार दिनसम्म मनाइने पर्वको मुख्य दिन आज हो । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुने छठ पर्व अत्यन्तै श्रद्धा र निष्ठाका साथ मनाइन्छ । तराइमा सीमित यो चाँंड पछिल्लो वर्ष तराईका साथ काठमाडौं उपत्यकामा पनि उत्तिकै भव्यरुपमा मनाउन थालिएको छ ।

पर्वका मुख्य विशेषता अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिएर मात्र पूजा सम्पन्न गर्नु हो छठ मनाउन पोखरी पुगेकी शान्ता महतोले पुत्र, पति र परिवारको कल्याणको कामना गर्दै यो पर्व परिवारका सबै सदस्य तथा समूहमा मनाएको बताइन ।

अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएर पूजासहित रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गरी आज सोमबार कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएपछि चार दिनको व्रत पूरा भएको उनले बताइन । पर्वको क्रममा पहिलो दिन कात्तिक शुक्ल चतुदर्शीका दिन नहाय खाय (नुहाएर चोखो भई शुद्ध शाकाहारी भोजन खाने), दोस्रो कात्तिक पञ्चमीका दिन खरना पूजा गर्ने र यस दिन बर्तालु स्नान गरेर दिनभरि उपवास बसी आत्मशुद्धि गर्ने, पञ्चमीका दिन व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई खुवाउने गर्छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ५४ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’