२९ माघ २०८२, बिहिबार | February 12, 2026

दुर्घटनामा एकको मृत्युु



महेन्द्रनगर । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका-९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो ।

सख्त घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका-१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो बखत सोही दुर्घटनास्थलमा रहेको ट्र्याक्टर चालकलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । मतृकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ५६ बजे

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र